बिम गाउँमा पक्की पदमार्ग

यस स्टोरीको अंश: म्याग्दीको बिम र डाँडागाउँमा हिलो र धुलोको समस्या हटाउँदै पक्की पदमार्ग निर्माण
prasashan.com · 1 हप्ता अघि

मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदल मार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मंगली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको बताए । “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाह्रो भएको थियो, पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ”, उनले भने ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू