बालेनको ‘अपरेशनल टिम’मा मनोज केसी, औपचारिक नेतृत्वमा मात्रै कार्की, प्रधानमन्त्रीले हटाउँदैछन् कार्कीलाई?
▸ यस स्टोरीको अंश: यातायात मन्त्रालय हटाएकोमा यातायात मजदुर संगठनद्वारा सरकारको आलोचना
प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी संगठनभित्र समानान्तर शक्ति केन्द्र निर्माण गर्न खोजेको संकेत पछिल्ला घटनाक्रमले दिन थालेका छन्। औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व आइजीपी दानबहादुर कार्कीले गरिरहेका भए पनि व्यवहारमा प्रधानमन्त्री शाहको प्रत्यक्ष विश्वास प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआईजी डा. मनोज केसीमाथि केन्द्रित देखिन थालेको छ। व्यवसायी पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयले सिआइबीलाई बढी सक्रिय बनाउनु, संवेदनशील अनुसन्धानमा सीधै मनोज केसीसँग समन्वय गर्नु तथा प्रधानमन्त्रीको निर्देशन सिधै सिआइबीमार्फत कार्यान्वयन हुन थालेपछि संगठनभित्र शक्ति सन्तुलन बदलिएको महसुस हुन थालेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›