लुम्बिनी प्रदेश सभामा थारू समुदायको प्रथाजनित विधेयक पेस

यस स्टोरीको अंश: सुकुम्वासी समुदायले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्दै भूमिअधिकारको माग
www.setopati.com · 3 दिन अघि

लुम्बिनी प्रदेश सभा बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पनि पेस गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू