लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरे। मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट निर्माण गरिने स्पष्ट पारेका छन्।
11 समाचार
·
1 घण्टा अघि
थारू समुदायको प्रथाजनित विधेयक लुम्बिनी प्रदेश सभामा पेस
लुम्बिनी प्रदेश सभामा 'थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३' पेस गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्। यस विधेयकले प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको र उनीहरूको आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित अभ्यासहरूको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था गर्ने लक्ष्य राखेको छ।
12 समाचार
·
1 दिन अघि
लुम्बिनीमा पहिलोपटक ‘सीप च्याम्पियनसिप’ आयोजना, प्राविधिक शिक्षा र रोजगारीमा जोड
लुम्बिनी प्रदेशमा पहिलोपटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ। युवामा प्राविधिक शिक्षा, सीप विकास र रोजगारीमुखी तालिमप्रति आकर्षण बढाउने उद्देश्यले यो कार्यक्रम रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनीको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन र स्वदेशमै सम्मानित रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
9 समाचार
·
2 दिन अघि