उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

यस स्टोरीको अंश: उदयपुरमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक जना घाइते
prasashan.com · 1 हप्ता अघि

उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भीमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५-००२ प २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बेल्टार बजार बस्ने २८ वर्षीय मौसम राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू