२० खर्बसम्मको बजेट ल्याउने तयारी, कर्मचारीको तलब वृद्धिदेखि करका दरमा पुनरवलोकनसम्मको चर्चा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो। अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै १८ खर्ब ९० अर्बदेखि २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले सरकारी सञ्चार माध्यमलाई बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›