राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी गराउन अर्थमन्त्री वाग्ले शीतल निवासमा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
ehimalayatimes.com · 1 दिन अघि

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ताका क्रममा उहाँले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी विवरण, आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको थियो । अर्थमन्त्री डा. वाग्लेले भोलि शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू