भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
▸ यस स्टोरीको अंश: सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि भुवन नगरकोटीलाई
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । उनले ११–अन्डर २ सय ६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई २ स्ट्रोकले हराउँदै सिजनको चौथो र करियरको १५औं उपाधि हात पारे । उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद प्राप्त गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›