काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत तेस्रो स्थानमा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा भारतले घरेलु टोली नेपाललाई ३–१ को जित निकाल्दै तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा भारतले सुरुआती दुई सेट जिते पनि तेस्रो सेट गुमाएको थियो । चौथो सेट जितेसँगै भारत तेस्रो स्थानमा रह्यो । प्रतियोगिताको उपाधिका लागि इरान र काजकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित