संसदमा विरोध गर्दा हर्कले देखाएको नियमावली १५ (२) मा के छ ?
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
बुधबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड देखाउँदै विरोध जनाएका छन् । पार्टी अध्यक्ष एवं सांसद हर्कराज राईले सरकार संसदप्रति जवाफदेही बन्नुपर्ने भन्दै आवाज उठाएका थिए । सभामुख डोलप्रसाद अर्यालले उनलाई चेतावनी दिँदै अमर्यादित व्यवहार नगर्न आग्रह गरे पनि राई बोलिरहे । राईले प्रधानमन्त्री र मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ को उपनियम (२) स्मरण गराएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित