१२ अंकले घट्यो सेयर बजार, पौने ४ अर्बको कारोबार
बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १२ अंकले घटेर परिसुचक २७४२ मा पुगेको छ । आज ३ अर्ब ८९ करोडको कारोबार भयो । कारोबारमा आएका ७२ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन प्रभु बैंक डिबेञ्चर–२०८७ र बुङ्गल हाइड्रो लिमिटेड सर्वाधिक ६ प्रतिशतले बढ्यो भने उपर लोहोरे खोला हाइड्रो १४ प्रतिशतले घट्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित