लेखापढी व्यवसायीलाई तोकिएको पोशाक र अदालतबाट जारी परिचयपत्र अनिवार्य
▸ यस स्टोरीको अंश: भूमि प्रशासन कार्यालयमा बिचौलियाको प्रवेश रोक्न प्रयास, चाबहिलमा सुधार तर कलंकीमा समस्या
बाँकेको नेपालगञ्जस्थित भूमि प्रशासन कार्यालयले लेखापढी व्यवसायीलाई तोकिएको पोशाक र अदालतबाट जारी परिचयपत्र अनिवार्य गरेको छ । तोकिएको पोशाक तथा परिचयपत्रबिनै कार्यालय प्रवेश गर्न नदिइने चेतावनीसमेत कार्यालयले दिएको छ । भूमि प्रशासन कार्यालय नेपालगञ्जले सूचना जारी गर्दै लेखापढी व्यवसायी सम्बन्धी नियमावली, २०५९ (संशोधनसहित) अनुसार लेखापढी व्यवसायीले अदालतबाट जारी गरिएको परिचयपत्र लिनुका साथै तोकिएको पोशाक अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था रहेको जनाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित