बैंक तथा वित्तीय संस्थाको धितो रोक्का–फुकुवा अब २४ घण्टाभित्र गर्नुपर्ने

यस स्टोरीको अंश: सरकारको निर्देशन: बैंक धितो रोक्का-फुकुवा २४ घण्टाभित्र सम्पन्न गर्नुपर्ने
bajarkochirfar.com · 4 दिन अघि

भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक, वित्तीय संस्था तथा सहकारीमार्फत हुने धितो बन्धकी रोक्का र फुकुवा प्रक्रिया अधिकतम २४ घण्टाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। सेवा प्रवाहलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन विभागले देशभरका मालपोत कार्यालयलाई नयाँ परिपत्र जारी गरेको हो। नयाँ व्यवस्थाअनुसार दिउँसो १२ बजेसम्म प्राप्त भएका रोक्का तथा फुकुवासम्बन्धी कागजात सोही दिन नै फर्छ्योट गर्नुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू