सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्न श्रम संस्कृति पार्टीको निर्देशन
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले सबै कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य गर्न निर्देशन दियो
श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । आज कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले एक पत्र सार्वजनिक गर्दै यस्तो निर्देशन दिएका हुन् । ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ ।’ पत्रमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›