जुम्लामा घट्यो स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या
▸ यस स्टोरीको अंश: जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो, जनविश्वासमा कमी
जिल्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दो क्रममा रहेको छ । करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएकामा करिब ५६ हजारले बीमाको नवीकरण नगरेको तथ्याङ्क छ । अति गरिब घरपरिवारको निःशुल्क बीमा नवीकरण गर्ने व्यवस्था सरकारले बन्द गरेपछि नवीकरण नगर्नेको सङ्ख्या बढेको छ । सेवाको गुणस्तर, तोकिएका अस्पतालमा औषधि सहज नपाइने, लामो लाइन बस्नुपर्ने बाध्यता र अस्पतालहरूले बीमित बिरामीको रकम भुक्तानी नपाएको गुनासो जस्ता कारणले आम नागरिकलाई स्वास्थ्य बीमाप्रति जनविश्वास घटेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित