भूमि आयोगमार्फत गुल्मीमा ७९ थान लालपुर्जा वितरण

यस स्टोरीको अंश: बनेपा होल्डिङ सेन्टरमा सुकुम्बासीको गुनासो: उचित बसोबास र बालबालिकाको पढाइको माग
gorkhapatraonline.com · 1 हप्ता अघि

भूमि समस्या समाधान आयोग जिल्ला समिति गुल्मीले एक वर्षको अवधिमा ७९ थान जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ । विघटित आयोगका पदाधिकारीहरूले पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा सम्पादन भएका काम सार्वजनिक गरेका हुन् । जिल्लामा भूमिहीन दलित ३००, भूमिहीन सुकुम्बासी २३९ र अव्यवस्थित बसोबासी २ हजार २२० गरी कुल २ हजार ७५९ जना लाभग्राही रहेका थिए । त्यसमध्ये हालसम्म ७९ थान जग्गाधनी प्रमाणपत्र वितरण गरिएको र पाँच लाख ८३ हजार ७४० रुपियाँ राजस्व संकलन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू