अब बैंकहरुले बिदाको दिन कर्मचारीलाई जबरजस्ती काममा बोलाउन नपाउने, बोलाए पनि ‘ओभर टाइम’ भुक्तानी दिनुपर्ने !
▸ यस स्टोरीको अंश: राष्ट्र बैंकको नयाँ निर्देशन: बैंक कर्मचारीलाई अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी अनिवार्य
अबदेखि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा बढी काममा नलगाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि कार्यालय समयभन्दा बढी समय काममा लगाएको, बिदाको दिन पनि काममा लगाएको तथा अतिरिक्त काम गराएबापतको अतिरिक्त शुल्क समेत नदिएको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले गुनासो गर्दै आएका थिए । कर्मचारीहरुको सोही गुनासो सम्बोधन गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन अनुसार नै हुनेगरी कर्मचारीलाई काममा लगाउन निर्देशन दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित