मानव अधिकार आयोगले किटान गरेका सांसदसहितलाई कारबाही प्रक्रिया अघि बढाउन काँग्रेसको माग
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन र दोषीमाथि कारबाहीको माग
राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनले किटान गरेका सांसद, व्यक्ति तथा निकायमाथि विधिसम्मत कारबाही प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि, अत्यधिक बल प्रयोग तथा मानव अधिकार उल्लंघनका घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक संरक्षण बिना कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›