राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
▸ यस स्टोरीको अंश: पूर्वअर्थमन्त्रीहरूले आगामी बजेट यथार्थपरक र परिवर्तनकारी बनाउन अर्थमन्त्रीलाई सुझाव दिए
आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य लगायतका नीतिगत दस्तावेजमा समावेश गर्नुपर्ने राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना र कार्यप्रक्रिया सुधारसँग सम्बन्धित विषयमा अध्ययन गरी सुझाव पेस गर्न गठित राजस्व परामर्श समितिले प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रीको मिति २०८२ माघ २८ गतेको निर्णयानुसार अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा गठित समितिले बिहीबार आफ्नो सुझावसहितको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसमक्ष पेस गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›