अर्थमन्त्री वाग्लेले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन् । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका क्रममा अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित