सरकार सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'बाट नेपाललाई बाहिर निकाल्न प्रतिबद्ध: अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी 'ग्रे लिस्ट'बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) को कार्ययोजनाबारे छलफलमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको नेतृत्वमा सरकार सुशासन र विकासमा केन्द्रित रहेको बताए। यद्यपि, एपीेजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गरेका छन्।
8 समाचार
·
6 दिन अघि