एपिजी टोलीले सम्पत्ति शुद्धीकरणका चार विषयमा चासो राखेको छ
सम्पत्ति शुद्धीकरण निवारणका नियम पालना नगरेको भन्दै 'ग्रे लिस्ट' मा परेको नेपालको अवस्थाबारे बुझ्न एसिया प्रशान्त क्षेत्रीय समूह (एपिजी) को दुई सदस्यीय टोलीले मुख्य चारवटा विषयमा चासो राखेको छ। टोलीले सहकारी संस्थाहरूको सुपरिवेक्षण, सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधमा तीव्र अनुसन्धान, संलग्न व्यक्तिको सम्पत्ति नियन्त्रण र राष्ट्रिय जोखिम मूल्यांकन गर्नुपर्ने विषयमा जोड दिएको छ।