इप्पानका उत्तम भ्लोन लामा भन्छन्: नीतिगत सुधार नभए ३० हजार मेगावाट उत्पादन लक्ष्य कठिन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम भ्लोन लामाले नेपालको जलविद्युत क्षेत्र हाल संवेदनशील अवस्थामा रहेको र नीतिगत सुधार नभए सरकारको ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न कठिन हुने बताएका छन्। उनले हालको कार्यशैली र नीतिगत संरचनामा सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा ३० हजार मेगावाट उत्पादन सम्भव हुने दाबी गरेका छन्।
11 समाचार
·
14 घण्टा अघि
इपानमा विधान संशोधन र नेतृत्व चयनलाई लिएर विवाद
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा आगामी जेठ २९ गतेका लागि तय भएको २४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनको मिति नजिकिँदै गर्दा विधान संशोधनलाई लिएर विवाद सतहमा आएको छ। एक पक्षले निर्वाचनका लागि आफ्नो टिम घोषणा गरिसकेको छ भने अर्को पक्ष अघिल्लो साधारणसभाको निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेको छ।
4 समाचार
·
17 घण्टा अघि
इप्पानमा विधान संशोधन विवाद: कार्यसमिति सर्वसम्मत कि चुनावबाट?
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आगामी जेठ २९ गते हुने निर्वाचनलाई लिएर विधान संशोधनको विषयमा आन्तरिक विवाद चर्किएको छ। २३औं साधारण सभाले 'वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने' पुरानो प्रावधान हटाउने निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा ऊर्जा उद्यमीहरू विभाजित भएका छन्। यस विवाद समाधानका लागि जेठ १० गते कार्यसमितिको बैठक बोलाइएको छ।
4 समाचार
·
2 दिन अघि