सरकारले आगामी आर्थिक वर्षमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिने
सरकारले आर्थिक गतिविधि विस्तार हुने सम्भावना भएका सहर तथा बस्ती केन्द्रमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रममा प्राथमिकता दिने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार स्थानीय तहका सडक, झोलुङ्गेपुल, वैकल्पिक सहायक राजमार्ग विकास, सडक सुरक्षा र मर्मतसम्भारलाई आगामी वर्षका प्रमुख प्राथमिकतामा राखिएको छ। यसका लागि विभिन्न कार्यक्रममार्फत ठूलो बजेट विनियोजन गरिने योजना छ।
4 समाचार
·
6 दिन अघि