भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय

पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

प्रहरीले पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार र धाकधम्की दिएको आरोपमा उपेन्द्रकुमार शाहीलाई पक्राउ गरेको छ। शाहीले पूर्व सूचना बिना मन्त्रालयको सचिवको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत र होहल्ला गरेको आरोप छ।

5 समाचार · 5 घण्टा अघि
सचिवको कार्यकक्षमा प्रवेश गरी धम्की दिने शाही पक्राउ, पाँच दिन थुनामा सचिवको कार्यकक्षमा प्रवेश गरी धम्की दिने शाही पक्राउ, पाँच दिन थुनामा

प्रहरीले पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमै प्रवेश गरी धम्की दिएको आरोपमा उपेन्द्रकुमार शाहीलाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतले शाहीलाई आपराधिक लाभ लिन नहुने कसुरमा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शाहीले जेठ ११ गते सचिवको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत र अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।

7 समाचार · 19 घण्टा अघि
खानेपानी महासंघले सरकारलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझायो खानेपानी महासंघले सरकारलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझायो

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले खानेपानी तथा सरसफाइ सेवाको दिगो व्यवस्थापन, उपभोक्ता संस्थाहरूको अधिकार संरक्षण, नीति सुधार र स्थानीय तहसँगको समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

4 समाचार · 2 दिन अघि
विकास निर्माणमा ढिलासुस्तीले लागत बढ्यो, मूल्यवृद्धिले संकट: मन्त्रीहरू विकास निर्माणमा ढिलासुस्तीले लागत बढ्यो, मूल्यवृद्धिले संकट: मन्त्रीहरू

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विकास निर्माणमा हुने ढिलासुस्ती र अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिका साथै निर्माण सामग्री र इन्धनको मूल्यवृद्धिका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढेको बताएका छन्। उनीहरूले यसले लगानीको सान्दर्भिकतामाथि प्रश्न उठ्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरेका छन्।

25 समाचार · 5 दिन अघि
सरकारले आगामी आर्थिक वर्षमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिने सरकारले आगामी आर्थिक वर्षमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिने

सरकारले आर्थिक गतिविधि विस्तार हुने सम्भावना भएका सहर तथा बस्ती केन्द्रमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रममा प्राथमिकता दिने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार स्थानीय तहका सडक, झोलुङ्गेपुल, वैकल्पिक सहायक राजमार्ग विकास, सडक सुरक्षा र मर्मतसम्भारलाई आगामी वर्षका प्रमुख प्राथमिकतामा राखिएको छ। यसका लागि विभिन्न कार्यक्रममार्फत ठूलो बजेट विनियोजन गरिने योजना छ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग