ऊर्जा मन्त्री श्रेष्ठद्वारा जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्ने घोषणा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजनालाई सरकारको उच्च प्राथमिकतामा राखेर नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र आर्थिक रूपान्तरणमा जोड दिने बताएका छन्। कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान यस्ता आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे। उनले जलवायु परिवर्तनका कारण बढ्दो जोखिम र अनियमित वर्षालाई मध्यनजर गर्दै पानी भण्डारण संरचनाको महत्व बढेको उल्लेख गरे।
12 समाचार
·
3 दिन अघि