कोरिया

सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल

नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल-कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विविध विषयमा गहन छलफल भएको छ। राजदूत पार्कले नेपाललाई कोरियाले प्रमुख विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको र शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारीका क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।

9 समाचार · 2 दिन अघि
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल

सभामुख डोलप्रसाद अर्यालले लैनचौरस्थित उपराष्ट्रपति निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संसदको प्रभावकारी सञ्चालन लगायतका विषयमा छलफल भएको छ। दुई उच्च पदाधिकारीबीच लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउने र संसदलाई जनउत्तरदायी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

13 समाचार · 2 दिन अघि
कृषि मन्त्री चौधरी र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल कृषि मन्त्री चौधरी र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते-योंङबीच मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल भएको छ । भेटका क्रममा नेपाल र कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग