गरिमा क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण
गरिमा क्यापिटल लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको विशेषज्ञ संस्था एएमएल नेपाल प्रालिसँगको सहकार्यमा आफ्ना कर्मचारीहरूका लागि एकदिवसीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम पुँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा वित्तीय जोखिम न्यूनीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको थियो । प्रशिक्षणमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, नवीनतम निर्देशिकाहरू, शंकास्पद कारोबार पहिचान गर्ने तरिकाहरू र संस्थागत सुशासनका विविध पक्षहरूमा केन्द्रित रही व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
4 समाचार
·
2 घण्टा अघि