सार्वजनिक संस्थानको अवस्था: २७ नाफामा, १६ घाटामा, सरकारी लगानी ७ खर्ब ९८ अर्ब
आर्थिक वर्ष २०८१-८२ सम्म सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा रहेका छन् भने १६ वटा घाटामा सञ्चालन भइरहेका छन्। दुईवटा संस्थान बन्द अवस्थामा छन्। २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जसमा सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।