जयन्तीदेवी राई

राष्ट्रियसभामा कर्णालीको विकास, बुढीगण्डकी आयोजना र सीमा विवादबारे सांसदहरूको माग राष्ट्रियसभामा कर्णालीको विकास, बुढीगण्डकी आयोजना र सीमा विवादबारे सांसदहरूको माग

राष्ट्रियसभाको बैठकमा सांसदहरूले कर्णाली प्रदेशको विकास, बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अगाडि बढाउनुपर्ने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्नुपर्ने र हुम्ला तथा बाजुरामा सीमा विवादका कारण भएका झडपका घटनाको छानबिन गर्न माग गरेका छन्। सांसदहरूले सुकुम्बासी बस्तीमा सरकारले गरेको कारबाहीप्रति आपत्ति जनाउँदै विस्थापितलाई तत्काल गाँस, बासको व्यवस्था गर्न र गरिब निमुखालाई बाँच्न दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

9 समाचार · 5 दिन अघि
दुई संसदीय समितिद्वारा भूमिहीनलाई आश्रममा सारिएको घटनाको आलोचना, मन्त्रालयसँग छलफल गरिने दुई संसदीय समितिद्वारा भूमिहीनलाई आश्रममा सारिएको घटनाको आलोचना, मन्त्रालयसँग छलफल गरिने

राष्ट्रिय सभाका दुई संसदीय समितिले भूमिहीन नागरिकहरूलाई वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाएर आश्रममा सारिएको घटनालाई 'अमानवीय' भन्दै कडा आलोचना गरेका छन्। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्ती राईले सरकारको यो कदम गलत र गर्नै नहुने बताएकी छन्। समितिले भूमिहीन तथा सुकुम्बासीको उचित व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

8 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग