मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर निलम्बनविरुद्ध आन्दोलनको चेतावनी
नेपाल चिकित्सक संघले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत डा. धिरेन्द्र कुमार साह र डा. श्रेयालक्ष्मी साहलाई निलम्बन गरिएकोमा आपत्ति जनाएको छ। संघले ७२ घण्टाभित्र निलम्बन फिर्ता नलिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। संघले बिरामीको अवस्था र उपचार प्रक्रियाबारे सत्यतथ्य नबुझी तथा नेपाल मेडिकल काउन्सिलको अनुसन्धानबिनै गरिएको निर्णय प्रचलित कानुनविपरीत भएको ठहर गरेको छ।
3 समाचार
·
4 दिन अघि