मुगुमा प्रहरी र पत्रकारलाई निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण
कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा प्रहरी, सञ्चारकर्मी र स्थानीय बासिन्दालाई निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको छ। यस कार्यक्रम अन्तर्गत १२८ जनाको स्वास्थ्य जाँच गरिएको छ, जसमा ९६ जना प्रहरी कर्मचारी, १० जना प्रहरी परिवार, ६ जना सञ्चारकर्मी र २६ जना सर्वसाधारण लाभान्वित भएका छन्। विशेषज्ञ डाक्टरको टोलीले हाडजोर्नी, नसा र छाललगायत विभिन्न रोगहरूको जाँच गरेको छ।