कृषि समितिले रासायनिक मलको आपूर्ति र मौज्दातबारे छलफल गर्ने
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज आपूर्ति, मौज्दातको वर्तमान अवस्था र वितरण प्रणालीबारे छलफल गर्न कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्नेछ।
15 समाचार
·
2 घण्टा अघि