नेपाल–चीन

मन्त्रिपरिषद्द्वारा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, सहकारी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्द्वारा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, सहकारी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसका साथै बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

28 समाचार · 1 दिन अघि
नेपाल-चीन सीमा सुरक्षा बैठक लोमान्थाङमा सम्पन्न, अपराध र तस्करी नियन्त्रणमा छलफल नेपाल-चीन सीमा सुरक्षा बैठक लोमान्थाङमा सम्पन्न, अपराध र तस्करी नियन्त्रणमा छलफल

उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाल र चीनबीच सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा हुने अपराध, चोरी तस्करी र अवान्छित गतिविधि नियन्त्रणका उपायबारे छलफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन्। दुई देशका स्थानीय सुरक्षा अधिकारी र जनप्रतिनिधि सहभागी रहेको उक्त बैठकमा आपसी हितका विषयमा पनि छलफल भएको थियो।

5 समाचार · 3 दिन अघि
नेपाल–चीन परियोजना संयन्त्रको बैठक जेठ १९ मा बस्ने नेपाल–चीन परियोजना संयन्त्रको बैठक जेठ १९ मा बस्ने

नेपाल र चीनबीचको परियोजनासम्बन्धी संयन्त्रको तेस्रो बैठक जेठ १९ गते काठमाडौंमा बस्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षा गरी प्रभावकारी कार्यान्वयनबारे छलफल हुनेछ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग