भारत सरकारको ५६ करोड अनुदानमा ८ जिल्लामा १४ विद्यालय निर्माणका लागि ठेक्का सम्झौता
भारत सरकारको ५६ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा भूकम्प प्रभावित ८ जिल्लामा १४ वटा विद्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण कम्पनीहरूसँग सम्झौता गरेको हो। यो परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रम अन्तर्गत सञ्चालन हुनेछ।
5 समाचार
·
10 घण्टा अघि