रानीजमरा कुलरिया आयोजना: महालेखापरीक्षकको कार्यालयले उत्पादित विद्युतको हिसाब माग्दै सुझाव
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले उत्पादन गरेको ४.७१ मेगावाट विद्युतको हिसाबकिताब नमिलेको भन्दै महालेखापरीक्षकको कार्यालयले विस्तृत प्रतिवेदनमा हिसाब गर्न सुझाव दिएको छ। आयोजनाले २०८० मंसिरदेखि नियमित विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिरहेको छ, तर विद्युत बिक्रीबापतको रकम हालसम्म असुल भएको छैन।
9 समाचार
·
3 दिन अघि