सरकारले मेलमिलाप प्रक्रियालाई संस्थागत गर्न प्रदेश र जिल्लामा समन्वय समिति गठन गर्ने
सरकारले मेलमिलाप प्रक्रियालाई संस्थागत, सरल र प्रभावकारी बनाउने उद्देश्यले प्रदेश तथा जिल्लास्तरमा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार मेलमिलाप सम्बन्धी ऐन, २०६८ मा संशोधन गरी मेलमिलापकर्ताको नियुक्तिलाई सरलीकृत गरिनेछ। यसका साथै, विदेशमा भएको मेलमिलापलाई नेपालमा पनि कार्यान्वयन गर्न सकिने गरी ऐन संशोधनको प्रस्ताव गरिएको छ।