पोखरा महानगरपालिकाद्वारा फिर्केखोला अतिक्रमण हटाउन डोजर परिचालन
पोखरा महानगरपालिकाले फिर्केखोला मिचेर निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार डोजर परिचालन गरेको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै महानगरपालिकाले खोलाको संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यले यो अभियान सुरु गरेको हो। यस अभियान अन्तर्गत खोलाको विभिन्न तीन स्थानबाट एकैसाथ संरचना भत्काउने कार्य अघि बढाइएको छ।
9 समाचार
·
1 दिन अघि
एपीएफलाई पन्छाउँदै विराटनगर मिल्स गोल्डकप फुटबलको सेमिफाइनलमा
विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टी डब्लूसीवाई विराटनगरले सशस्त्र प्रहरी बल (एपीएफ) लाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। विराटनगरको जितमा दुवै गोल अमृत मिश्रले गरे।
3 समाचार
·
1 दिन अघि
सशस्त्र प्रहरीका ६ प्रशिक्षार्थी गर्मीले बेहोस भएपछि काठमाडौं ल्याइयो
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा गर्मीले बेहोस भएका ६ जना प्रशिक्षार्थीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पुर्याइएको हो ।
3 समाचार
·
4 दिन अघि