हरिदत्त जोशी

अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका भीमदत्त र कृष्णपुर नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिएका छन्। यी नगरपालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी केही दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्। शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्था हेरेर बिदा दिने विषयमा निर्णय गर्ने जनाएको छ।

19 समाचार · 2 दिन अघि
बैतडीका किसान आलुखेतीबाट आत्मनिर्भर, शीतभण्डार अभावले मर्कामा बैतडीका किसान आलुखेतीबाट आत्मनिर्भर, शीतभण्डार अभावले मर्कामा

बैतडीको पाटन नगरपालिकाका किसानहरूले आलुखेती र तरकारीखेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष समयमा पानी परेकाले आलु उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ, जसले गर्दा वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। यद्यपि, शीतभण्डार र सिँचाइको अभावले किसानहरूले प्रत्येक वर्ष घाटा व्यहोर्नुपरेको छ।

15 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग