सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३: २७ नाफामा, १६ घाटामा
सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा र १६ वटा घाटामा सञ्चालन भइरहेका छन्। यस अवधिमा सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी बढेर करिब ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।