अर्थमन्त्री वाग्ले: चिकित्सा र नर्सिङ कोटा बढाइने, अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि पढाइने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत चिकित्सा र नर्सिङ अध्ययनका लागि कोटा उल्लेख्य रूपमा वृद्धि गरिने घोषणा गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि अध्ययन गराउने व्यवस्था मिलाइने बताएका छन्।