बढ्दो गर्मीले विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको समय परिवर्तन, आइतबार पनि पढाइ हुने

यस स्टोरीको अंश: कञ्चनपुरका दुई नगरपालिकामा गर्मीले विद्यालय बिहानी सत्रमा सञ्चालन
pradeskhabar.com · 1 हप्ता अघि

कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै विद्यालय सञ्चालनको समय परिवर्तन गरी बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका छन्। कृष्णपुर नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम तोकिएको पाठ्यघण्टा नघट्ने गरी आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्लाफाँटा नगरपालिकामा पनि जेठ ४ गतेदेखि बर्खे बिदासम्मका लागि विद्यालयहरू बिहानी सत्रमा सञ्चालन हुने भएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू