सभामुख अर्यालले सरकारलाई सुशासन र भ्रष्टाचार नियन्त्रणमा खबरदारी गर्न आग्रह गरे
सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा खबरदारी गर्न आग्रह गरेका छन्। उनले सरकार गलत दिशामा गएमा वा काममा ढिलाइ भएमा सचेत गराउनुपर्ने बताएका छन्। अर्यालले वर्तमान पुस्ताले नै मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउने लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएका छन्।