नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' निमोनिया संक्रमणपछि अस्पताल भर्ना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' निमोनिया संक्रमणका कारण ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। तीन दिनदेखि अस्वस्थ रहेका दाहाललाई रुघाखोकी र ज्वरोका साथै हल्का निमोनिया देखिएपछि चिकित्सकहरूको सल्लाहमा अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।