भारतको कुशीनगरमा आकर्षक जागिरको प्रलोभनमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार
भारतको उत्तर प्रदेशको कुशीनगरमा आकर्षक जागिर र राम्रो कमाइको प्रलोभन देखाएर बन्धक बनाइएका ४५३ नेपाली नागरिकको भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ। पीडितका आफन्तले फिरौती रकम मागिएको भन्दै उजुरी दिएपछि प्रहरीले गोप्य अपरेसन चलाएर उनीहरूलाई नेपाल ल्याएको हो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि उद्धार कार्यमा सहयोग गरेको प्रहरीले जनाएको छ।