सरकारले पर्यटन प्रवर्द्धनका लागि जनकपुरलाई ‘विवाह गन्तव्य’ बनाउने, नयाँ ट्रेकिङ रुट विकास गरिने
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत देशको पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रको एकीकृत विकासका लागि महत्वाकांक्षी योजना अघि सारेको छ। यस योजनाअन्तर्गत मधेश प्रदेशको जनकपुरलाई ‘विवाह गन्तव्य’का रूपमा ब्रान्डिङ गरिनेछ भने अपि हिमाल, दोर्दी हिमाल लगायतका क्षेत्रमा नयाँ ट्रेकिङ रुट विकास गरिनेछ। यसका लागि संस्कृति तथा पर्यटन क्षेत्रका लागि ८ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ।