चलचित्र ‘लालीबजार’ विवादमा उच्च अदालतमा सुनुवाइ जारी, नयाँ गीत सार्वजनिक
प्रदर्शनरत नेपाली चलचित्र ‘लालीबजार’सँग सम्बन्धित विवादमा उच्च अदालत पाटनमा न्यायिक प्रक्रिया जारी रहेको छ । यसैबीच, चलचित्रको निर्माण टिमले आमा र छोरीलाई ट्रिब्युट स्वरुप ‘साहारा तिमी छौं’ नामक नयाँ गीत सार्वजनिक गरेको छ । अदालतले विवादसँग सम्बन्धित विषयवस्तु बुझ्नका लागि चलचित्रको डिजिटल प्रति अध्ययन गरिरहेको छ ।