पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीय बालकको डुबेर मृत्यु
पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीय स्वहेन नेपालीको डुबेर मृत्यु भएको छ। सशस्त्र प्रहरी बलको टोलीले बालकलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।