लघुवित्त क्षेत्रमा सुधारका संकेत, ऋण मिनाहाको भ्रम हट्दै
लघुवित्त क्षेत्रमा केही समयदेखि देखिएको अन्योल र अविश्वास क्रमशः घट्दै गएको छ। विगतमा 'माथिबाट निर्णय भएर ऋण मिनाहा हुन्छ' भन्ने भ्रम फैलाइएको थियो, जसले गर्दा केही सेवाग्राही किस्ता तिर्नबाट पछि हटेका थिए। यद्यपि, नागरिकले वास्तविकता बुझ्न थालेका छन् र सरकारले कानुनविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने संकेत दिएको छ। अदालतबाट समेत केही गतिविधि गलत ठहर भएका आदेश आएपछि ऋण तिर्नुपर्ने दायित्वबाट कोही उम्किन नसक्ने स्पष्ट भएको छ।