उद्योग दर्ता १२ प्रतिशतले बढ्यो
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ। विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९, २०.० र ६६.१ प्रतिशत रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›